Rule 2
२ प्राविधिक समितिको काम, कर्तव्य र अधिकार
:
२.२.१ संरक्षित स्मारक क्षेत्रभित्रको निजी हकभोगको जग्गामा बनाइने घर, भवन वा अन्य निर्माण कार्यका शैली तथा मापदण्ड के कस्तो हुनु पर्छ सो निर्धारण गरी पुरातत्व विभागलाई परामर्श दिनु प्राविधिक समितिको कर्तव्य हुनेछ ।
२.२.२ प्राविधिक समितिले चाहेमा उपनियम २.२.१ मा उल्लेखित कुनै खास कामको लागि उपसमितिहरू गठन गर्न सक्नेछ र त्यस्तो उपसमितिमा प्राविधिक समितिले तोकेबमोजिमका सदस्यहरू रहनेछन् ।
२.२.३ उपनियम २.२.२ बमोजिम गठन हुने उपसमितिले प्राविधिक समितिले तोकिदिएको अधिकार प्रयोग गरी काम गर्नेछ ।